खबर पूर्वाञ्चल
इटहरी उपमहानगरपालिका-२ शान्तिनगर राई टोलकी मधुमाया पुरीको छिमेकी सन्तोष राईले हत्या गरेका हुन् ।
घर पछाडि रहेको गोठमा गोबर सोरिरहेकी ६८ वर्षीय पुरीलाई राईले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ ।
राईलाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरिसकेको छ । घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
मृतकको शव पोस्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएर आवश्यक अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।