AArya
RUMPUM
animated ellipse animated ellipse

मेरिल्याण्डको वार्षिक उत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ माघ २०७३, शनिबार १७:२२
3
Shares
विराटनगर, माघ २९ / विराटनगर – ९ मा रहेको मेरिल्याण्ड कलेजकोे १४ औं वार्षिक उत्सव सम्पन्न भएको छ ।
कलेजकोे प्राङगणमा आज शनिबार विविद्य कार्यक्रमको आयोजना गरी मनाएको हो ।
कलेजजले सप्ताव्यापी खेलकुदमा विजयी हुने विद्यार्थी तथा बार्षिक र आन्तरीक परीक्षामा उत्कृष्ट हुने विद्यार्थीहरुलाई नगदसहित सम्मान गरेको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरुले नृत्य, गायन, नाटकलगायतको विभिन्न कार्यक्रम गरी वार्षिक उत्सव मनाएका थिए ।
कार्यक्रमको प्रमुख अतिथि उधोग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय, हिसान मोरङका अध्यक्ष बलराम पन्त, एनप्याब्सन मोरङका अध्यक्ष राजन छाराङहाङ, हिसानका केन्द्रीय उपाध्यक्ष भेषराज पोखरेल, कलेजका प्रिन्सिपल लक्ष्मण ढकाल र कलेजका उपाध्यक्ष पिके झालगायतले बोलेका थिए । कलेजका अध्यक्ष गुणराज ढुङ्गेलको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर