AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थप १७ जना कोरोना संक्रमणबाट मृत्यु, मृतकको संख्या ८७५ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ जेष्ठ २०७८, आईतवार १९:०८
792
Shares
विराटनगर / पछिल्लो २४ घण्टामा प्रदेश १ मा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । यो सँगै प्रदेशमा मृत्यु हुनेको संख्या २५६ महिला र ६१९ जना पुरुष गरी ८७५ पुगेको छ ।

मृत्यु हुनेमा ७ महिला र १० पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सबैभन्दा बढी मोरङका ७ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा रहेको छ । यस्तै सुनसरीका ५, झापाका २, उदयपुरका १ तथा प्रदेश १ बाहिरको २ जनाको मृत्यु भएको मन्त्रालयको तथ्यांक रहेको छ ।

तथ्यांक अनुसार बुढीगंगा गाउँपालीकामा ७ , नोबेल मेडिकल कलेज विराटनगरमा ५, मेची अस्पताल भद्रपुरमा २ विपी प्रतिष्ठान धरान १ र अन्य आइसोलेनमा २ जनाको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर