पूर्वाञ्चल खबर
अध्यादेश मार्फत अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको वार्षिक आयव्यय विवरण प्रस्तुत गर्दै यस्तो जानकारी गराएका हुन् ।
यो बजेट चालु आर्थिक वर्षको तुलनामा १ खर्ब ७२ अर्ब ९३ करोड रुपैयाँ बढी हो । चालु आवमा १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन भएको थियो ।
आगामी वर्ष १० खर्ब २४ अर्ब राजस्व सङ्कलन गर्ने सरकारको लक्ष्य छ । वैदेशिक अनुदानबाट ६३ अर्ब पाउने आशा गरेको सरकारले विदेशी विकास साझेदारबाट ३ खर्ब ९ अर्ब २९ करोड रुपैयाँ ऋण लिनेछ ।
त्यस्तै २ खर्ब ५० अर्ब आन्तरिक ऋण लिइने अर्थमन्त्री विष्णु पौडेलले जानकारी दिए । चालु आर्थिक वर्ष राजस्वबाट ८ खर्ब ८९ अर्ब ६२ करोड सङ्कलन हुने लक्ष्य राखिएको थियो ।