AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मोरङमा थप ६ दिन निषेधाज्ञा थपियो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० जेष्ठ २०७८, सोमबार १८:२६
1.78k
Shares
विराटनगर / मोरङ प्रशासनले जेठ १७ गतेसम्मका लागी निषेधाज्ञाको समयावधि थप गर्ने निर्णय गरेको छ ।

आज बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले कोरोना संक्रमणको जोखिम न्युनीकरणका लागी थप ६ दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

बैठकले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३, संक्रामक रोग ऐन २०२० को दफा २ र कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ बमोजिम जेठ ११ गते राती १२ बजेदेखि लागु हुने गरि जेठ १७ गतेसम्मका लागी निषेधाज्ञा जारी राख्ने निर्णय गरेको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताए । उनले यसपटक सुनसरी, मोरङ र झापाको निषेधाज्ञामा एकरुपता कायम गर्ने निर्णय समेत गरिएको जानकारी दिए ।

‘हामीले यसपटक तीन वटै जिल्लाको निषेधाज्ञामा एकरुपता कायम गर्ने प्रयास गरेका छौं, उनले भने’, ‘अब मोरङमा पनि सुनसरी र झापा जस्तै निषेधाज्ञा जारी गरिन्छ । तीनवटै जिल्लामा समान समयावधिका लागी निषेधाज्ञा थप गरिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर