पूर्वाञ्चल खबर
विराटनगरस्थित महासंघको सभाहलमा आयोजित कार्यक्रमबीच आज खेलकुद महासंघले माक्स र सेनिटाईजर हस्तान्तरण गरेको हो । कार्यक्रममा पत्रकार महासंघ मोरङका अध्यक्ष संजिव खनाललाई खेलकुद महासंघका वरिष्ठ उपाध्यक्ष पर्शुराम बस्नेतलगायतले स्वास्थ्य सामग्री हस्तान्तरण गरे ।
कोरोनाको दोश्रो लहर शुरु भएसँगै संक्रमितको संख्या पनि दिनानु दिन बढीरहेका बेला अग्रपंक्तिमा रहेर काम गर्ने पत्रकारहरुलाई माक्स र सेनिटाइजर उपलब्ध गराएको बस्नेतले बताए । उनले पत्रकारहरु सुरक्षित भए मात्रै समाजले सत्य तथ्य सूचना प्राप्त गर्ने भएकाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेको चर्चा गरे ।
कार्यक्रममा नेपाल खेलकुद महासंघका उपाध्यक्ष रामकृष्ण खड्का, प्रदेश–१ का अध्यक्ष रोहित कोइराला, जिल्ला अध्यक्ष सुरज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।