खबर पूर्वाञ्चल
संसदबाट गत सोमबार विश्वासको मत लिन नसकेपछि प्रधानमन्त्री ओली पदमुक्त भएका थिए । त्यसपछि राष्ट्रपति भण्डारीले बहुमतीय सरकार गठनका लागी दिएको समयमा कसैको दाबी नपरेपछि ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओली तेस्रोपटक मुलुकको प्रधानमन्त्री बनेका हुन् । प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहोराउँदै मन्त्रिपरिषद् गठन गरेका छन् ।
यस्तै राष्ट्रपतिले उपप्रधानमन्त्री ईश्वर पोखरेल लगायत अन्य मन्त्रीहरुलाई पनि पद तथा गोपनीयताको सपथ गराएकी छिन्। यस्तै प्रधानमन्त्री ओलीले राज्य मन्त्रीलाई सपथ गराएका छन् ।
सपथ लिने मन्त्रीहरूमा रामबहादुर थापा, विष्णु पौडेल, प्रदीप ज्ञवाली, हृदयश त्रिपाठी, लेखराज भट्ट, कृष्णगोपाल श्रेष्ठ र प्रभु साह छन् ।
त्यस्तै भानुभक्त ढकाल, मणि थापा, पद्मा अर्याल, वसन्त नेम्वाङ, गौरीशंकर चौधरी, पार्वत गुरुङ, शिवमाया तुम्वाहाङ्फे, लीलानाथ श्रेष्ठ, प्रेम आले, दावा लामा तामाङ र जुलीकुमारी महतो छन् । राज्यमन्त्रीहरू नवराज रावत,विमला विक र रामवीर मानन्धरले पनि पद तथा गोपनीयताको सपथ लिएका छन्। मन्त्री र राज्य मन्त्रीहरुले यसअघिकै मन्त्रालयको जिम्मा पाएका छन् ।