animated ellipse animated ellipse

लिग विजेता मछिन्द्रलाई पराजित गर्दै पन्जाव विराट गोल्ड कपको अन्तिम चारमा प्रवेश

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ चैत्र २०७७, आईतवार २२:०४
855
Shares
पुष्पराज थपलिया
विराटनगर / सहिद स्मारक ए डिभिजन लिग बिजेता मछिन्द्र क्लब काठमाण्डौंलाई पराजित गर्दै भारतको पंजाव पुलिस क्लब विराटनगरको सहिद रंगशालामा जारी छैठौंै विराट गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ ।

पंजावले आज भएको दोस्रो क्वाटरफाइनल खेलमा मछिन्द्रको चुनौतिलाई २–० गोलले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो ।

जितसँगै पंजावले अव चैत ३१ गते हुने अप्रिकन रुट्स एसोसिएसन दोला क्यामरुन र संकटा ब्याइज स्पोटिङ्ग क्बल काठमाण्डौं बिचको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा हुनेछ ।

खेलको सुरू भएको ३९ औं मिनेटमा पंजावका राजवीर सिंहको गोलबाट अग्रता लिएको थियो । जगदिप सिंहले दिएको क्रस पासलाई सदुपयोग गर्दै राजवीरले वानटचमै गोल गरे । आक्रमक भएर मैदान उत्रिएको मछिन्द्रले पंजावलाई दबावमा राखेपनि पहिलो हाफसम्ममा गोल गर्न सकेनन् । मछिन्द्रले पाएको गोल गर्ने थुप्रै अवसर गुमाएको थियोे । खेलको २० औं मिनेटमा मछिन्द्रका उमेश राईले डिबक्स एरियामा जिगज्याग भएको अवस्थामा लगातार दुई पटक गरेको प्रहार र भारतका गोल रक्षक सतवीर सिंहले उत्कृष्ट बचाएका थिए । ३१ औं मिनेटमा पंजावका तरन्जित सिंहले डिबक्स एरियादेखि गरेको प्रहार बाहिरियो ।

दोस्रो हाफदेखि आक्रमक भएको पंजावले खेलको ८३ औं मिनेटमा महावीर सिंहले गोल गर्दै अग्रतालाई दोब्बर बनाए । सरबजीत सिंहले निकालिएको प्रिकिकलाई उनले वान टचमै पोष्टको दिशा दिएका थिए । महाविर खेलको ५५ औं मिनेटमा तारन्जीत सिंहको बदलामा मैदान प्रवेश गरेका हुन् । खेलको ५४ औं मिनेटमा मछिन्द्रका निशान्त लिम्बुले पेनाल्टी बक्सबाट गरेको प्रहार बाहिरीदा गोल फर्काउने अवसरबाट मछिन्द्र बन्चित भएको थियो । ५९ औं मिनेटमा पन्जावका राजवीर सिंहले पेनाल्टीबक्सबाट गरेको प्रहार बाहिरीएको थियो । ७२ औं मिनेटमा मनविर सिंहले दिएका क्रस पासलाई राजविर सिंहले टच गर्न नसक्दा अग्रदालाई दोब्बर गर्ने अवसर गुमाए । ७४ औं मिनेटमा डिबक्स भित्रबाट मछिन्द्रका खमिर गिल्सन कन्दङ्वाले गरेको कडा प्रहारलाई पंजावका गोलकिपर सतविर सिंहले डाइभ गर्दै उत्कृष्ट ढंगले बताए । खेलको म्यान अफ द म्याच जगदिप सिंह घोषित भए ।

सोमबारको खेल दुई विभागीय टोली सशस्त्र प्रहरी बल र नेपाल प्रहरीबीच हुनेछ ।

पन्जावका प्रशिक्षक हर्नेक सिंहले लिग विजेता टिमलाई हराउन पाउँदा खुसी लागेको र त्यसको सबै श्रेय खेलाडीले पाउने प्रतिक्रिया दिए । केही खेलाडी घाइते भएको बताउँदै उनले सेमिफाइनलमा रिकभर गर्ने चुनौती आएको उल्लेख गरे ।

मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले नेशनल लिगका कारण सबै खेलाडी उपस्थित नहुँदा सफलता हात नपारेको बताए । उनले यही प्रदर्शनलाई पनि सन्तोषजनक बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर