खबर पूर्वाञ्चल
प्रदेश १ सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ बैक प्रदेश कार्यालयका प्रमुख कमल बस्नेतले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीलाई १० लाख रुपैयाको चेक हस्तान्नतरण गरे । दैवी विपत्ती परेको बेला बैकले विभिन्न समयमा सरकारलाई नगद सहयोग प्रदान गर्दै आएको बस्नेतले बताए ।
कोरोना महामारी नियन्त्रणको लागी गत बर्ष पनि बैकले प्रदेश सरकारलाई १० लाख रुपैया सहयोग उपलब्ध गराएको थियो बस्तेले बताए । कोरोना भाईरसको महामारीको जोखिम न्यूनिकरण र उपचारमा सहयोग पुगोस भन्ने ध्येयराखी प्रदेश सरकारले सुरु गरेको अभियानमा रकम उपलब्ध गराएको बैकले जनाएको छ ।