खबर पूर्वाञ्चल

यसअघि बैशाख १७ गते बसेको जिल्ला कोरोना संक्रमण व्यवस्थापन समितिको बैठकले वैशाख १८ गते रातीको १२ बजेदेखि लागु हुनेगरि ७ दिने निषेधाज्ञा जारी गरेको थियो । विराटनगर महानगरपालिका, बुढीगङ्गा गाउँपालिका, जहदा गाउँपालिका र कटहरी गाउँपालिकाको वडा नम्बर १,२,३ र ४ मा एक साताका लागि निषेधाज्ञा जारी भएको थियो । सङ्क्रमण दर बढेपछि जिल्लाभर निषेधाज्ञा जारी भएको मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाले बताए ।
आज बसेको बैठकले विराटनगरमा निषेधाज्ञालाई थप कडाई गर्ने निर्णय समेत गरेको छ । सर्वसाधारणले अटेर गरेपछि कडाई गर्ने निर्णय गरेको हो ।
निषेधाज्ञा अवधीभर सवारीसाधनलाई पूर्ण रूपमा आवतजावत गर्न रोक लगाइने छ । दैनिक उपभोग्य वस्तु र अतिआवश्यक सामाग्रीका पसल बिहानको समय खोल्न दिइनेछ ।
मोरङ प्रशासनको आदेशअनुसार भारतबाट रानी नाका हुँदै नेपाल आउने नेपाली नागरिकबाहेक अन्य आवागमन गर्न पाइने छैन ।
मोरङसँग सीमा जोडिएको सुनसरी र झापामा यस अघि नै निषेधाज्ञा जारी भएको थियो ।