पूर्वाञ्चल खबर
भ्रष्टचार विरुद्धको नागरिक निगरानी संस्था मोरङको आयोजना र विष्णुमाया पुस्ताकलय पोखरीयाको सहकार्यमा विराटनगरमा आज आयोजना गरिएको प्रतियोगिताको द्धितीय राधा कृष्ण माध्यमकि विद्यालयका मुनिका दियाली भइन् । यस्तै सो प्रतियोगिताको तृतीय अरनीको स्कूलका कृतिका यादव र सान्तवना पुरस्कार सगरमाथा स्कूलका अतमेश पोखरेल भए । प्रथम, द्धितीय, तृतीय र सान्तवना हुनेले क्रमश : ९ हजार, ६, ३ र १ हजार ५ सय रुपैयाँ प्राप्त गरेका गरेका छन् ।
पुरस्कृत हुने विद्यार्थीहरूलाई अख्यितार दुरुपयोग अनुसन्धान आयोग इटहरीका प्रमुख बावुराम खतिवडा र मोरङका साहयक प्रमुख जिल्ला अधिकारी सरदकुमार पोखरेलले पुरस्कार वितरण गरेका छन् ।
वक्तृत्वकलाको निर्णायकहरुमा डा. चन्द्र उपाध्यय, मिना जोशी र सीता शर्मा रहेकी थिइन् । भष्टचार विरुद्ध नागरिक निगरानी संस्थाका कार्यभाव अध्यक्ष तथा वरिष्ठ पत्रकार माहन भण्डारीको अध्यक्षमा उक्त कार्यक्रम भएको थियो ।