AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विजनेश कलेजले ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृद्धि प्रदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ चैत्र २०७७, बुधबार १६:४६
2k
Shares
विराटनगर / विराटनगर ११ मा रहेका नेपाल विजनेश कलेजले कलेजमा भर्ना भएका मध्ये ५ जना विद्यार्थीलाई पूर्ण छात्रवृद्धि प्रदान गरेको छ ।

कलेजले केही समय अगाडि लिएको छात्रवृद्धि परिक्षाको लिखितमा उत्कृष्ट ११ बाट अन्तरवार्ताबाट ५ जनालाई पूर्ण छात्रावृद्धि दिएको हो । छात्रवृद्धिका लागि सागर राजवंशी, रितिका घिमिरे, इशा काकीर्, निर्जल कार्की र सुसन श्रेष्ठ छनौट भएका छन् । छनौट भएका मध्येका राजवंशीले महेन्द्र मोरङ कलेजले लिएको सिम्याट परिक्षामा सर्वोकृष्ट भएका हुन् भने इशा कार्की आरक्षण कोटाबट पेका हुन् ।

छात्रवृद्धि भएका सवै विद्यार्थीसँग कलेजका क्याम्पस प्रमुख प्रा.डा.वेदराज आचार्यले सम्झौता गरेका छन् ।उनीहरु सवैले २२ लाख ४० हजार र २ हजार ७ सय ५० डलरको बराबरको पूर्ण छात्रवृद्धि कलेजले प्रदान गरेका कलेजका निर्देशक दिपक कोइरालाले जानकारी दिए । निजि शिक्षण संस्थाले एक जना आरक्षणसहित ५ जनालाई पूर्ण छात्रवृद्धि दिने विराटनगरका पहिलो कलेज भएको निर्देशक कोइरालाको दावी रहेको छ ।

सन २०१४ मा स्थापना भएको कलेजले विविए तथा एमविए को अध्यापन गराउँदै आएको कलेजले यस वर्षदेखि विएचएम तथा विआईटिको समेत सञ्चालनमा आएको कलेजले जनाएको छ । लिंकन विश्वविद्यालय मलेसियाबाट सम्बन्ध पाएको कलेज हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर