AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

अन्तर्राष्ट्रिय महिलादिवसमा १३ जना सम्मानित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ फाल्गुन २०७७, सोमबार १९:५५
594
Shares
विराटनगर / १ सय ११ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा १३ जनालाई सम्मानित गरिएको छ । सामाजिक विकास मन्त्रालयले कोभिड–१९ को महामारीमा जनताको सेवामा उत्कृष्ट रुपमा कार्य गर्ने मोरङ, सुनसरी, उदयपुर, झापा र धनकुटाका कोभिड अस्पताल, प्रयोगशालामाकार्य गर्नेलाई सम्मान गरेको हो ।

सम्मानित हुनेहरुमा ११ जना स्वास्थ्यकर्मी र दुई जना महिला प्रहरी रहेका छन् । प्रदेश १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले उनीहरुलाई सम्मान गरेका छन् । १३ जनालाई सम्मानित गर्दै प्रदेश प्रमुख अधिकारीले महिलाहरुले व्यापकता भन्दा गहिराईमा जानु पर्नेमा जोड दिए । उनले देश बनाउने नयाँ सोच र उद्देश्य लिएर असल नागरिक बन्न आग्रह गरे ।

आन्तरिक मामिला तथा कानून एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले महिलाले नेतृत्व गरेका स्थानमा व्यवस्थापन उत्कृष्ठ रहेको बताए । महिला नेतृत्व सफलताको घोतक भएको उनले बताए ।

सामाजिक विकास मन्त्रालय र विभिन्न सामाजिक संघ संस्थाहरुको आयोजनामा भएको कार्यक्रम अघि जिल्ला प्रशासन कार्यालय मोरङबाट निस्किएको प्रभातफेरीले नगरको मुख्य भागको परिक्रमा गरेको सामाजिक विकास मन्त्रालय सामाजिक विकास महाशाखा प्रमुख दुर्गा भण्डारी बरालले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर