पूर्वाञ्चल खबर
कार्यालयले ६ जना विरूद्ध ‘कर्तब्य ज्यान’ मुद्दामा अदालतमा अभियोग दर्ता गरेको छ ।
सरकारी वकिलको कार्यालयले मोरङ अदालतमा पक्राउ परेका दुई जना र फरार भएका ४ सहित ६ जना विरूद्ध कर्तब्य ज्यान मुद्दामा अभियोग दर्ता गरेको हो ।
प्रहरीले पक्राउ गरेको होटल सञ्चालक उर्लावारी नगरपालिका ९ का ३४ वर्षिय कुमार राई र प्रविणका साथी मोरङ्ग रतुवामाई नगरपालिका – १० पवित्रा चोकका २९ वर्षिय रिकेश सिवा भन्ने मेहरमान दर्र्जिसहित अन्य चार जनालाई फरार प्रतिवादी बनाएर मंगलबार अभियोग दर्ता गरेको जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधीवक्ता मनोजकुमार आचार्यले जानकारी दिए । सोही मुद्दामा प्रणिका साथीहरू उर्लावारी नगरपालिका .६ प्रगति टोलका १९ वर्षिय सुदिप परियार, सोही ठाउँका ३२ वर्षिय राजेश रणपहेली, झापाको गौरादह नगरपालिका ९ का ३१ वर्षिय दिपेश पौडेल र प्रविण शव भेटिएको घरधनी उर्लावारी ६ फिल्म हल छेउका ६० वर्षिय रमेश गिरीलाई फरार प्रतिवादी बनाएर अभियोग दर्ता गरेको हो । मुद्दा चलाइएकामध्ये चार जना यातायात मजदुर हुन् । उनीहरू प्रविणका साथी हुन् ।
अदालतमा अभियोग दर्ता भएपछि पक्राउ परेका होटल सञ्चालक राई र दर्जीको बयान सकिएको मोरङ अदालतका स्रेस्तेदार राजकुमार दाहालले जानकारी दिए । मोरङ अदालतका ७ नम्बर इजालमा प्रतिवादीहरूको आज बयान सकिएको छ । प्रतिवादीहरूको बयान सकिएकोले बिहीबार थुनछेक बहस हुने स्रेस्तेदार दाहालले बताए । ‘प्रतिवादीहरूको बयान सकिएको छ,’ बिहीबार थुनछेक बहस हुनेछ ।’ यो मुद्दादाको थुनछेक बहस मोरङ अदालतका न्यायाधीश सुर्दशन लामिछानेको इजालशमा परेको छ । अदालतले गोलापर्थाद्धारा इजालश तोक्ने गरेको छ ।
थुनछेक बहसमा वादी र प्रतिवादीका कानुन व्यवसायीहरूले पैरवी गरेपछि न्यायाधीशले धरौटिमा छोडने, साधरण तारिख वा पुर्पक्षको लागि थुनामा राख्ने आदेश आउने कानुन व्यवासयीहरूको भनाई छ ।
गत पुस ५ गते प्रवीणको मृत अवस्थामा उनको साथीको डेरामा शव फेला परेको थियो ।