AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

पहिचानको माग राख्दै विराटनगरमा वृहत भेला गर्ने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ माघ २०७७, मंगलवार १५:०५
459
Shares
विराटनगर/ विराट राजवंशीले आदिवासी जनजातिमा सूचिकृत गरिनुपर्ने माग राख्दै विराटनगरमा वृहत भेला गर्ने भएको छ ।

विराट राजवंशीले आउँदो फागुन ६ गते विराटनगरस्थित वीरेन्द्र सभा गृह हलमा भेला गर्ने भएको हो ।

विराट राजवंशीले गर्न लागेको यो १४ आंै भेला हो । उनीहरूले विराटनगरमा आज पत्रकार सम्मेलन गरि भेलामा आफ्नो जातिय, भेषभूषा, भाषा, साँस्कृतिक झल्किने पहिचानसहितको ¥याली पनि निकाल्ने तयारी गरेको राजवंशी सामाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डलले जानकारी दिए ।

उनीहरू वृहत भेलालाई सफल बनाउन माघ ३० गते विराटनगरमा मोटरसाइकल ¥याली पनि निकाल्ने भएको छ । समितिका अध्यक्ष राजवंशीले विराट राजवंशीहरूलाई आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा सूचिकृत गरिनुपर्ने माग राखे । ‘राज्यको हरेक अंगमा विराट राजवंशीको स्थान सुनिश्चित गरिनुपर्दछ,’ उनले भने, ‘यही माग राखेर हामीले वृहत भेलाको आयोजना गरिएको हो ।’ विराट राजवंशीको छुट्टै मौलिक पहिचान रहदा पनि राज्यले सुचिकृत नगरेको उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर