पूर्वाञ्चल खबर
प्रतिबन्धित औषधी बिक्री वितरण गर्नुको साथै भण्डार गरिएको अवस्थामा विराटनगर १० स्थित न्यूरो अस्पताल अगाडी ‘हाम्रो फ्रेन्डसिप फार्मेसीका’ का सञ्चालक बिक्रम मण्डल पक्राउ परेका हुन् ।
मोरङ प्रहरीले पाण्डेको फार्मेसीमा छापा हानेर ७९ प्रकारका प्रतिबन्धित औषधी बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता लोकर्दशन थापाले जानकारी दिए । बिक्रमले दाजु बिकास मण्डलसँग मिलेर भारतदेखि अवैध रुपमा प्रतिबन्धित औषधी डेरामा भण्डारन गरि बिक्री बितरण गर्ने गरेको प्रहरीको प्रारम्भिक चरणको अनुसन्धानबाट खुलेको छ । भाइ पक्राउ परेपछि दाजु मण्डल फरार छन् । प्रहरीले उनको पनि खोजी कार्य तिव्र बनाएको छ । यसअघि पनि म्याद सकिएको औषधी बिक्री वितरण गरेको आरोपमा विकाश पक्राउ परेका थिए । मोरङ अदालतले गत असार २२ गते तोकेको तीन लाख रुपैयाँ धरौटि रकम बुझाएर विकाश मण्डल रिहा भएका थिए ।
धरौटिमा रिहा भएपछि पुनः विकाश अवैध धन्दालमा लागेको पाइएको छ । ‘कोठा भाडामा लिएर औषधी व्यवस्था विभागमा दर्ता नभएको औषधी विक्री वितरण हुने गरेको सूचना पाएपछि प्रहरीले छापा हानेको थियो,’ डिएसपी थापाले भने, ‘मण्डलको कोठादेखि विभिन्न ब्राण्डका प्रतिबन्धित औषधीहरू बरामद भएको छ ।’
प्रहरीले बरामद गरेको औषधी अन्दाजी १० लाख ३ हजार १ सय ८० बराबरको रहेको छ । प्रहरीले औषधीमा टाँस्न प्रयोग गरिने स्टीकर बनाउने एचपी कम्पनीकोे कलर प्रिन्टर समेत फेला बरामद गरेको छ ।
पक्राउ परेका मण्डललाई थप आश्वयक कारवाहीको लागि औषधी व्यवस्था विभाग विराटनगरमा बुझाउने तयारी गरेको मोरङ प्रहरीले जनाएको छ ।