पूर्वाञ्चल खबर
विराटनगरमा आज भएको सभामा बोल्दै नेता खनालले यस्तो बताएका हुन् । उनले आफुहरु सडकमा रहरले आएको नभई बाध्यताले भएको बताए । उनले देशमा गरिबी र अशिक्षा उन्मुलन गर्नुपर्ने बेलामा केपी ओलीका कारण सिंगो देश आन्दोलित बनेको भन्दै प्रतिकृयावादी ओली प्रवृत्तिलाई परास्त गर्दै नेकपालाई समाजवादी पार्टी बनाउनुपर्ने अहिलेको आवश्यक्ता रहेको बताए । उनले अहिलेको एकमात्र काम संसद पुनःस्थापना गर्नु रहेको बताउँदै प्रचण्ड नेपाल पक्षले नेतृत्व गरेको नेकपामा दुई तिहाई पार्टी सदस्य रहेको दाबी गरे ।
त्यसैले निर्वाचन आयोगले संविधान बमोजिम आफ्नै पार्टीलाई आधिकारिकता दिने विश्वास उनले व्यक्त गरे । उनले सर्वोच्च अदालतले कानुन बमोजिम सर्वोच्चमा परेको प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा सहि निर्णय गर्ने भन्दै अदालतप्रति आफुहरुले सम्मान गर्ने बताए ।
नेकपा प्रचण्ड–माधव पक्षका नेता योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने कदमले मुलुक गृहयुद्धतिर धकेलिन लागेको बताए । ‘आज केपी ओलीको कदमले मुलुकलाई गृहयुद्ध र द्वन्द्वतिर धकेल्न खोजिदैछ’ नेता भटराईले भने, ‘नेपालले कुनै गृहयुद्ध वा द्वन्द्व नसहने भन्दै शान्ति र अग्रगमनका लागि ओलीको कदमलाई घुडा टेकाउनुको विकल्प छैन ।’