पूर्वाञ्चल खबर
गैर सरकारी संस्था महासंघ नेपाल मोरङको १६ औं बार्षिक साधारण सभा एवं नौ औ जिल्ला अधिवेशन उद्घाटनका अवसरमा उनीहरुले सरसफाई,गर्भवती महिला स्वास्थ्य जाँच, छोरीलाई शिक्षा र कृषिमा व्यवसायिक शीप आदि विषयमा ध्यान केन्द्रीत गर्नुपर्नेमा जोड दिए ।
जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेल सभाको उद्घाटन गर्दै संस्थाले विदेशी दातृ निकायबाट प्राप्त अनुदान पारदर्शी एव)ं जवाफदेहि ढङ्गबाट मानवीय, परोपकार र पिछडिएका क्षेत्रमा खर्च गर्नुपर्ने बताए ।
उनले समितिले संघसस्थाको गरेको क्रियाकालपको अनुगमन, निरीक्षण र मूल्याङक गर्ने बताउदै नविकरण भएका सवै संस्थाले वार्षिक प्रतिवेदन अनिवार्य समितिमा वुझाउनु पर्नेमा जोड दिए ।
प्रदेश सञ्चार प्रतिष्ठानका कार्यकारी निर्देशक यज्ञ शर्माले प्रदेश र स्थानीय सरकारको सहकार्यमा संस्थाले सामाजिक क्षेत्रमा कार्य गर्न आग्रह गरे ।
संस्थाका अध्यक्ष प्रभा अधिकारी, मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव खडका,गैसस महासंघका केन्द्रीय सचिव उमेश विश्वकर्मा, नेपाल पत्रकार महासंघ मोरङका उपाध्यक्ष कुमोद अधिकारीलगायतले सीमान्तकृत समुदायमा शिक्षा, स्वास्थ्य क्षेत्रमा संस्थाले कार्य गर्नुपर्नेमा जोड दिए ।
संस्थाका सचिव राजेन्द्र ढकालले बार्षिक प्रतिवेदन र कोषाध्यक्ष नारायण कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गरे । सोही अवसरमा बालवालिका, युवा र अपाङ क्षेत्रमा कार्य गर्ने शिशु सेवा समिति विराटनगर, ललित्य युवा क्लव वुढीगंगा मोरङ र ग्रामीण अपाङ सेवा समिति राजघाट मोरङलाई सम्मान गरिएको छ ।
गृह मन्त्रालयमा ९० हजार गैरकारी संस्था दर्ता रहेका छन् भने समाज कल्याण परिषदमा ४८ हजार छन् तर महासंघमा छ हजार ८ सय ७१ मात्र आवद्ध रहेका छन् ।
यसैगरी जिल्ला प्रशासन कार्यालय मोरङमा २ सय ४५ सस्था दर्ता रहेका छन् भने महासंघको मोरङ जिल्लामा मात्र ५५ वटा आवद्ध रहेको छ । रासस