खबर पूर्वाञ्चल
साधारण सभाको अवसर पारेर तीन जनालाई सम्मान गरिएको छ । अटोमोवाईल्सले समाजसेवी तथा उद्योगी दिनबन्धु गोयल, मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनको पूर्वउपाध्यक्ष हरीकृष्ण ढकाल र पूर्व संस्थापक सचिब पुरुषतम निरौलालाई सम्मान गरेको हो । सम्मानित भएका तीनै जनालाई कार्यक्रमको प्रमुख अतिथि उद्योग वाणिज्य महासंघको केन्द्रीय सदस्य तथा प्रदेश १ को उपाध्यक्ष राजेन्द्र राउत, मोरङ अटोमोवाईल्स डिलर्स एसोसिएशनका अध्यक्ष सुवास आचार्यले कदर पत्र र दोसल्ला ओढाएर सम्मान गरे ।