AArya
RUMPUM
animated ellipse animated ellipse

कृषि विकास बैंक ५४ औं वर्षमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०७७, बुधबार १७:१६
252
Shares
विराटनगर / कृषि विकास बैक लि. प्रदेश १ प्रदेश कार्यालय विराटनगरले ५४ औ बार्षिकोत्सव भर्चवल माध्यमबाट सम्पन्न गरेको छ ।

विश्वव्यापी कोरोना महामारीको प्रकोप कायम रहेको अवस्थामा प्रविधीको प्रयोगका माध्यमबाट बार्षिकोत्सव कार्यक्रम सम्पन्न गरेको हो ।

प्रदेश १ का सरकार, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर खत्रीको प्रमुख आतिथ्य र कृषि विकास बैक लि. प्रदेश कार्यालय बिराटनगरका प्रमुख बासु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमा सम्पनन भएको थियो कार्यक्रममा कृषि बिकास बंैक लि.का पूर्व कर्मचारी, ग्राहक, शेयरधनि तथा अन्य शुभचिन्तकहरु भिडियो कन्फ्रेन्सीङ माध्यमबाट जोडिएका थिए ।

बिषम भुगोल र महामारीका बिच पनी गुणस्तरीय बैंकिङ सेवा प्रदान गरीरहेको बैकको बर्तमान अवस्था, अवसर र चुनौति तथा बैैंकको परीचयात्यक बैकका वरिष्ठ शाखा प्रमुख तिलक प्रधानले राखेका थिए ।

कार्यक्रममा बोल्दै प्रदेश सरकार आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव उत्तर खत्रीले सहकारी बैकिंङको अवधारणा मुताविक स–साना निक्षेप र सामुहिक जमानीमा कर्जा वितरणबाट सुरु भएको बैंकले आजको दिनमा आधुनिक व्यवसायीक बैकिंङ सन्चालन गरेकोमा सन्तोष व्यक्त गदै बैंकले आगामी दिनमा उर्जा, पर्यटन र पुर्वाधार निमार्ण तर्फ लगानी बढाउनु पर्ने बताए ।

नेपाल सरकारको राजश्व असुली लगायतका सेवामा बैंक जोडिनुका साथै नेपाल सरकारबाट प्राप्त हुने सुविधा र सहजीकरणका लागी सधै लागी पर्ने विश्वास व्यक्त गर्दै सचिव खत्रीले बैकको बार्षिकोत्सवका अवशरमा सम्बध्ध सवै सरोकारवाला पक्षलाई शुभकामना व्यक्त गरे ।

नेपाल राष्ट्र बैक विराटनगरका निर्देशक अमृतबहादुर बुढाथोकीले ग्रामिण अर्थतन्त्रमा बैकले पु¥याएको योगदानको प्रसंशा गर्दै आगामी दिनमा समेत वित्तिय अनुशासन भित्र रही गुणस्तरीय बैकिंङ सुविधा आम सर्वसाधारणमा पु¥याउने कुरामा विश्वास व्यक्त गरे ।

कार्यक्रममा राष्ट्रिय बाणिज्य बैकका प्रदेश प्रमुख ऋषभ भट्टराईले बैकले समय क्रम अनुशार नै आधुनिक बैंकिङ प्रदान गर्न सफल भएको कुरा उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर