पूर्वाञ्चल खबर
मोरङ र सुनसरीमा ५–५, झापा र इलाममा ४–४ र प्रदेश १ बाहिरका १ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मोरङको विराटनगरबाहेक सुनसरीको धरानमा २, बराहक्षेत्र, बर्जु र इटहरीमा १–१, झापाको विर्तामोडमा २, अर्जुनधारा र गौरीगञ्जमा १–१, इलामको चुलाचुलीमा ४ र प्रदेश १ बाहिरका १ जनाको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म संक्रमितको संख्या २९ हजार ९ सय ६६ पुगेको छ । संक्रिय संक्रमित २९७जना छन् ।
प्रदेश १ मा आज ५१ जना निको भएका छन् । होमआईसोलेसनबाट ४७, नोवेल मेडिकल कलेजबाट ३ र मेची अस्पतालबाट १ जना निको भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या २९ हजार ६ सय २ पुगेको छ ।
प्रदेश १ मा आज २ सय ३५ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएकामध्ये १ महिला र १८ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म २ लाख ११ हजार ३ सय २३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ ।