पूर्वाञ्चल खबर
लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे विराटनगर–१६ बाट सुन्दरहरैचा नगरपालिका–११ का ३२ बर्षीय कुशल चौधरीलाई लुपिजेसिक–६ एम्पुल, एभिल–६ एम्पुल, डाईजेलाब–६ एम्पुल र फेनारगन–६ एम्पुलसहित पक्राउ गरेको हो ।
यसैगरी ईलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–२ का २४ बर्षीय अनिके राईलाई विराटनगर–१६ बाट लुपिजेसिक–८ एम्पुल, एभिल–८ एम्पुल, डाईजेलाब–८ एम्पुल र फेनारगन–८ एम्पुल सहित आज दिउँसो १ बजे पक्राउ गरेको हो । प्रहरी चौकी सिक्टीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका–१ का २८ बर्षीय अनिश नेपालीलाई नाईट्रोभेट टयाब्लेट २३ पिस , आइपिपिएल–६ एम्पुल , डाईजोल्याव ६ एम्पुल , फेनारगन ६ एम्पुल र एभिल ६ एम्पुल सहित पक्राउ गरेको छ । पक्राउ परेका तीनै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।