AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री राईद्धारा प्रचण्ड माधव समूहका १५ संसद निलम्बन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ पुष २०७७, बिहीबार १८:५८
1.28k
Shares
फाइल तस्वीर
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रचण्ड माधव समूहका १५ जना प्रदेश सभा सदस्यहरूलाई बिहीबार निलम्बन गरेका छन् ।

ओली समूहका रहेका मुख्यमन्त्री राईले दलको विधान र कानुनविपरित गतिविधिमा सहभागी भएको भन्दै १५ सांसदलाई निलम्बन गर्दै दलबाट निष्कासन गरेको हो । यसरी ओली समूहले निलम्बन गरेको प्रदेश प्रदेश सभा सदस्यहरुमा इन्द्रबहादुर आङ्बो, जीवन घिमिरे, विजयकुमार विश्वास, भीमप्रसाद आचार्य, सावित्राकुमारी रेग्मी, उपेन्द्रप्रसाद घिमिरे, यसोधा अधिकारी, लिला बल्लभ अधिकारी, राजेन्द्रकुमार राई, लछुमन तिवारी, मोहनकुमार खड्का, कुलप्रसाद साम्बा, धिरेन्द्र शर्मा, टंक आङबोहाङ लिम्बु र कुसुम श्रेष्ठ रहेका छन् ।

निलम्बन गरिएको भनिएको १५ जना प्रदेश सभा सदस्य प्रचण्ड माधव नेपाल समूहका हुन् । ‘संसदीय दलको विधान २०७६ को दफा २६ (ग) को (२) (४) बमोजिम आगामी ३ महिनाको लागि संसदीय दलको कुनै पनि क्रियाकलापमा भाग लिन बञ्चित गरिएको छ, साथै संसदीय दलको सदस्यता निलम्बन गरिएको जानकारी गराइन्छ,’ प्रदेश सभामा बुझाएको पत्रमा उल्लेखछ । सचेतक भण्डारीले आफ्नै पार्टीका संसदीय दलको नेताविरुद्ध अविश्वास प्रस्ताव दर्ता गर्ने १५ जना सांसदहरुलाई आज कारवाहि गरिएको र कारवाहीको चिठि संसद सचिवालयमा पठाइएको जानकारी दिए ।

यस अघि आजै प्रचण्ड माधव समूहले संसदीय दलको नेतामा भीम आचार्यलाई चयन गरेको पत्र प्रदेश सभा सचिवालयमा दिएका छन् । नेकपाको ससदीय दका ६७ सदस्यमधै ३७ जनाको हस्ताक्षरसहित मुख्यमन्त्री राईलाई दलको नेताबाट हटाएर आचार्यलाई छानेको उपेनता टंक आङ्बुहाङले जानकारी दिए ।

प्रचण्ड माधव समूहले पुस १९ गते संसदीय दलको बैठक बोलाउनु यसअघि बताएको भएपनि मुख्यमन्त्री राईले अविश्वास प्रस्ताव पेश गर्नेलाई स्पष्टिकरण सोधेपछि बुधबार विहान नै आकस्मिक रुपमा संसदीय दलको बैठक बोलाईएको थियो । बुधबार विहान ९ बजे बसेको बैठकले राईलाई पदमुक्त गरेर आचार्यलाई दलको नेतामा चयन गरेको उपनेता आङबोहाङले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर