AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोरोना भाइरसका कारण बन्द भएको विराटनगरको विद्यालय पौष २ गतेबाट सञ्चालन हुने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ मंसिर २०७७, सोमबार १९:३२
1.16k
Shares
विराटनगर / कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट सञ्चालन हुने भएको छ ।
कोरोना भाइरसको जोखिमका कारण देखाउँदै गत चैतदेखि देशभरको विद्यालय बन्द हुँदा विराटनगरका विद्यालय पनि बन्द भएको थियो । विराटनगर महानगरपालिको नगर शिक्षा समितिको बैठकले बन्द भएका विद्यालय ९ महिनापछि सञ्चालन गर्ने निर्णय गरेको हो ।

मोरङका अन्य स्थानीय तहमा विद्यालय सञ्चालन भइसक्दा पनि महानगरमा त्यसबारे निर्णय हुन ढिलाइ भइहरेको थियो । अब पुसको २ गतेबाट विद्यालय सञ्चालन गर्ने निर्णय भएको महानगरनगर शिक्षा समितिका अध्यक्ष दुर्गा खतिवडाले जानकारी दिए ।

सरकारले कोरोना संक्रमणको अवस्था हेरेर विद्यालय सञ्चालनको अधिकार स्थानीय तहलाई दिएको छ । विद्यालय सञ्चालन गर्दा महामारीबाट बच्न तोकिएको स्वास्थ्य प्रोटोकल भने पालना गर्नुपर्छ । सरकारले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पुरा गरेर विद्यालय खोल्ने निर्णय गरिएको महानगरले जनाएको छ ।

विद्यालयमा धेरै विद्यार्थी हुने भएकाले २ चरण बिहान र दिउँसो गरेर चलाउनु पर्ने निर्णय भएको छ । विद्यालय सञ्चालन भईसकेपछि विद्यार्थी तथा शिक्षकहरुले अनिवार्य मास्क तथा सेनिटाइजर प्रयोग गर्नुपर्ने उल्लेख छ । हाल विराटनगर क्षेत्रमा १ सय ५ निजी , ५६ वटा सामुदायिक र २० वटा धार्मिक विद्यालयहरु रहेको महानगर शिक्षा समितीले जनाएको छ ।
विद्यालय खोल्नुपूर्व महानगर शिक्षा समितिले स्वास्थ्य मापदण्ड पुरा गरे वा नगरेको अनुगमन गर्नेछ । विद्यालय सञ्चालनपछि पनि मापदण्ड पालना भए नभएको स्थानीय तहले अनुगमन गर्नेछ ।

विराटनगर महानगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६ हजार ९ सय पुगेको छ । पछिल्लो समय सङ्क्रमण निरन्तर घट्दो क्रममा रहेकोले विद्यालय सञ्चालनको निर्णय गरेको महानगरपालिकाका प्रमुख भीम पराजुलीले जानकारी दिए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर