पूर्वाञ्चल खबर
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, प्रदेश १ सामाजिक विकास मन्त्रालय र राष्ट्रिय सभाद्वारा आज संयुक्त रुपमा विराटनगरमा आयोजित कोभिड–१९ जस्तो माहामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमको उद्घाटन गर्दै उनले सो विचार व्यक्त गरेका हुन् ।
अध्यक्ष तिमिल्सिनाले अहिलेसम्म रोगको उपचार र प्रविधि नरहेको हुनाले नियन्त्रणका लागि जनप्रतिनिधिहरुले जनतालाई सूचना प्रविधिको प्रयोग गरी सुसूचित गराउनु आजको आवश्यक्ता भएको बताए । उनले यो रोग विश्व युद्धभन्दा खतरनाक रहेकोले विश्व स्वास्थ्य संंघको मापदण्डलाई पालना गरी मानवीय जीवन र आर्थिक कार्य चलायन गर्नुपर्नेमा जोड दिए ।
पूर्व सावधानी अपनाउनु , संक्रमित भै हाले के गर्ने ?,यस्को समाधान सम्वन्धमा जनता समक्ष सहि सूचना लिएर जनप्रतितिधिहरुले घरदैलो गर्नुपर्ने अध्यक्ष तिमिल्सिनाले बताए । कोरोनाका कारण विश्वका विकसित राष्ट्रमा उपचार नभएर जनता पीडित भएको चर्चा गर्दै अध्यक्ष तिमिल्सिनाले हाम्रो जस्तो मुलुकमा जनचेतना जागृत गराएर मात्र यो रोगको नियन्त्रण गर्न सकिने बताए ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले कोरोना रोकथाम एवं उपचारका लागि व्यवस्थित योजनाका साथ प्रदेश सरकारले कार्य गरिरहेको बताउँदै नयाँ रोग भएकोले नियन्त्रणमा समस्या उत्पन्न भएको बताए । उनले कारोना नियन्त्रणका लागि जनप्रतिनिधिहरुको महत्वपूर्ण भूमिका हुने उल्लेख गर्दै जनतालाई सचेतना जागृत गराउँन जिल्ला , स्थानीय र वडास्तरका कार्य गर्नु पर्नेमा जोड दिए । मुख्यमन्त्री राईले कोरोना कहिले नियन्त्रणमा आउँछ भन्ने निश्चित नभएकाले यसबाट आफू, आफ्नो परिबार, समाजलाई बचाउन, सुरक्षित रहन अपनाउनु पर्ने सुरक्षित उपायका बारेमा जनतामा चेतना जागृत नै महत्वपूर्ण रहेको विचार व्यक्त गरे ।
प्रदेश सरकार संक्रमित जनतालाई सहज र गुणस्तरीय उपचार प्रदान गर्न सचेत र सजग भै थप आइशोलन निर्माण कार्य गरिरहेको बताउँदै मुख्यमन्त्री राईले निजी क्षेत्रको कोभिड अस्पतालको अनुगमन गरी नेपाल सरकारको नीतिलाई पालना गरी जनतालाई निःशुल्क उपचार गर्न निर्देशन दिएको जानकारी दिए ।