AArya
RUMPUM
animated ellipse animated ellipse

कांग्रेस खेलकुद विभागद्वारा रक्तदान

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ मंसिर २०७७, शुक्रबार १८:२९
288
Shares
विराटनगर / नेपाली कांग्रेस खेलकुद विभागले आज विराटनगरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ ।

कोरोना महामारीका समय रगतको अभाव हुन नदिनका लागि खेलकुद विभागले रक्तदान कार्यक्रम आयोजन गरेको विभागका केन्द्रीय सदस्य तथा करातेका वरिष्ठ प्रशिक्षक शोभितराज प्रसाईंले बताए ।

रक्तदान कार्यक्रमको उद्घाटन कांग्रेसका केन्द्रीय सदस्य अमृत अर्याल र विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले गरेका थिए । कार्यक्रममा नेपाली कांग्रेसका स्थानिय नेता कार्यकर्ता र सर्वसाधारणले रक्तदान गरेका थिए । रक्तदान कार्यक्रममा १ सय १० पिन्ट रगत संकलन भएको नेपाली कांग्रेस खेलकुद विभागले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर