AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

राजसंस्था पुनःस्थापनाको माग राख्दै विराटनगरमा ¥याली

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ कार्तिक २०७७, बिहीबार १७:५७
2.16k
Shares
विराटनगर / वीर गोर्खाली अभियानले विराटनगरमा राजसंस्था पुनःस्थापनाको माग गर्दै मोटरसाइकल ¥याली निकालेको छ ।

देश र श्रीपेचको रक्षा’ को लागि भन्दै आज विराटनगरमा मोटरसाइकल ¥यालीसहित प्रदर्शन गरेको हो ।

राष्ट्रिय झण्डा र पूर्व राजा– रानी ज्ञानेन्द्र, कोमल शाहको तस्वीर अंकित टिसर्ट लगाएर विराटनगर ४ कञ्चनबारीबाट निस्किएको ¥याली बरगाछी हुदै विराटनगर महानगरपालिका परिक्रमा गरि सोही स्थानमा आएर सम्पन्न भएको थियो ।

¥यालीमा करिब २ हजार मोटरसाइकल सहभागी रहेका आयोजकको दाबी छ । यस अघि बुटवलमा पनि मोटरसाइकल ¥याली निकालिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर