AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

दर्ता बिना सञ्चालनमा गरेको सेनिटाइजर उद्योगले उत्पादन गरेको सेनिटाइजर गुणस्तरहिन पाइएपछि नष्ट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ कार्तिक २०७७, बुधबार १९:१४
1.16k
Shares
विराटनगर / दर्ता बिना सञ्चालनमा रहेको विराटनगर महानगरपालिका–१५ मा स्थीत ग्यालेक्सी डेन्टल एण्ड सर्जिकल सप्लायर्सले उत्पादन गरेको सेनिटाइजर गुणस्तरहिन रहेको पाइएपछि नष्ट गरिएको छ ।
अनिल चौधरीले सञ्चालन गरेको उद्योगले उत्पादन गरेको सेनिटाइजर गुणस्तरहिन रहको पाइएपछि औषधि व्यवस्था विभागको टोलीले आज नष्ट गरेको हो ।

उत्पादन गरी बिक्रीका लागि बजार लैजाने तयारी हुँदै गर्दा औषधि व्यवस्था विभागको नेतृत्वमा जिल्ला प्रशासन, प्रहरी, उपभोक्तावादी संस्था पब्लिक फोरमलगायतको संयुक्त टोलीले अनुगमन गरेर उत्पादनमा रोक लगाएको थियो ।

पहिलो पटक २०७७ साल असोज १३ गते गरिएको अनुगमनपछि टोलीले उत्पादित सेनिटाइजर बजार लैजान र बिक्री गर्न पनि रोक लगाएर परीक्षणका लागि पठाएको थियो । अनुगमनका क्रममा एक सय ९४ कार्टुन सेनिटाइजर बिक्रीमा बन्देज गर्दै उत्पादन पूर्ण रुपमा रोकिएको विभागको कार्यालय विराटनगरका फार्मेसी अधिकृत दीपेन्द्र खड्काले जानकारी दिए ।

उनका अनुसार अनुगमन हुँदा दर्ता र अनुमति बिनानै उद्योग स्थापना गरेर सेनिटाइजर उत्पादन गरिररहेको फेला परेको थियो ।
दर्ता बिना सञ्चालनमा रहेको उद्योग बन्द गराउँदै अवैध रुपमा उत्पादित सेनिटाइजरको नमुना भने संकलन गरेर परीक्षणका लागि राष्ट्रिय औषधि प्रयोगशालामा पठाइएको निरीक्षक खड्काले बताए । मंगलबार प्राप्त परीक्षण रिपोर्टले अवैध रुपमा उत्पादन भइरहेको सेनिटाइजर गुणस्तरहीन पुष्टि भएपछि नष्ट गरिएको उनले बताए ।

उद्योगमा आज दोस्रो पटक अनुगमन गर्दै बिक्रीमा रोक लगाइएको उत्पादित सेनिटाइजर नष्ट गरिएको हो । उनका अनुसार पानीको स्रोतमा हालेर नष्ट गर्दा जीवजन्तुलाई असर गर्नसक्ने देखिएपछि डाइलुसन गराएर (सेनिटाइजरमै पानी हालेर) शौचालयको सेफ्टी ट्यांकीमा हालेर नष्ट गरिएको बताए ।

सेनिटाइजर बनाउन इथानोल र आइसोप्रोपायल अल्कोहल ७० देखि ८० प्रतिशत हुनुपर्ने सरकारी मापदण्ड छ । तर उद्योगले इथानोलको ठाउँमा मिथाइल अल्कोहल प्रयोग गरेर सेनिटाइजर बनाइरहेको पाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर