AArya
RUMPUM
animated ellipse animated ellipse

तत्काल संसद विघटनको माग–जेन जेड समूह विराटनगर

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ भाद्र २०८२, बिहीबार १८:२७
387
Shares
विराटनगर / सचेत र आन्दोलनरत युवाहरु(जेन जेड) विराटनगर समुहले राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रको नाममा सम्वोधन गरी तत्काल सङ्घीय संसद विघटन गर्नुपर्ने माग गरिएको छ ।

सो समूहद्वारा आज विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा राष्ट्रलाई कुशासन, वाह्यप्रभावबाट जोगाउन ,शान्ति सुरक्षा र स्थायीत्व कायम गर्न तत्काल अन्तरिम सरकारको गठन गर्नुपर्नेमा जोड दिइएको छ ।

समुहका सदस्य दिपल बंजाराले पूर्व प्रधान न्यायाधीश सुशिला कार्कीको नेतृत्वमा अन्तरिम सरकारको गठनको माग गरिएको छ । यस्तै अर्का सदस्य जमशेदले अन्तरिम सरकारले आगामी छ महिनादेखि एक वर्ष भित्र नयाँ निर्वाचनको मिति घोषणा गर्नुपर्ने सुझाव दिए ।
उनले आन्दोलनको क्रममा मृत्यु भएको जेनका सदस्यहरु प्रति हार्दिक समवेदना व्यक्त गर्दै शान्तिपूर्वक आन्देलनका माध्यमबाट लोक तान्त्रिक मूल्य र राष्ट्रिय स्वभिमानको संरक्षण गर्न समूह प्रतिवद्ध रहेको बताए । हाम्रो शान्तीपुर्ण आन्दोलनमा पार्टीका मान्छे छिरेर हिंसात्मक भएको दावी गरे ।

उनीहरुले वर्तमान राजनैतिक अन्यौल,सामाजिक अस्थिरता र विदेशी हस्तक्षेपका सङकेतहरुप्रति युवाहरु चिन्तित रहेको छ भन्दै जेन जेडको नाममा देखिएको अराजकता र सार्वजनकि सम्पत्ति विनाशले राष्ट्रलाई अध्यारो दिशातर्फ धकेल्ने हुुन् ा यसप्रति सचेत र सम्वेदनशिल रहेको धारणा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर