पूर्वाञ्चल खबर
होम आइसोलेसनमा रहेको बेला कोरोनाबाट श्रीमतीको मृत्यु भएको तीन दिनपछि आज विहान श्रीमानको पनि मृत्यु भएको हो ।
धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताका अनुसार गएको सोमबार विहान साढे १० बजे ६७ वर्षीया श्रीमतीको मृत्यु भएको थियो । कोरोनाको लक्षण देखिएपछि पीसीआर परीक्षण गर्दा उनमा मृत्युपछि कोरोना पुष्टि भएको थियो ।
त्यस्तै ७४ वर्षीय श्रीमानमा पनि कात्तिक २४ गते आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको थियो । श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानको इमर्जेन्सी कक्षमा उपचारका लागि लगिएपनि सुधार नभएपछि परिवारले घरैमा फर्काएकोमा उनको मृत्यु भएको हो ।