पूर्वाञ्चल खबर
‘सेन्टर बजार’ भित्र विक्रीमा राखिएमा काजुमा १ सय ११ प्रतिशत भन्दा बढी मुनाफा राखि विक्री गरेको अनुगमन टोलीले आज भेटेपछि २ लाख रुपैयाँ जरिवाना गरिएको हो ।
बाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरको नेतृत्वमा निस्किएका अनुगमन टोलीले सेन्टर बजारले १ हजार १ सय ६५ रुपैयाँ प्रतिकेजी खरिद गरेको काजु २ हजार २ सय ५० रुपैयाँ प्रतिकेजी विक्री गरेको भेटिएको हो ।
सेन्टर बजारले अत्याधिक मुनाफा राखि काजु विक्री वितरण गरेको भेटिएपछि कारवाहीको दायरमा ल्याएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका प्रमुख सन्तोष पोखरेलले जानकारी दिए । ‘तिहारमा भाइमसलालागयतको अन्य खाद्य सामाग्रीहरूको बढी मूल्य लिने गरेको जनगुनासो आएपछि बजारमा अनुगमनमा गरेका थियौं,’ कार्यालय प्रमुख पोखरेलले भने, ‘अनुगमनको क्रममा सेन्टर बजारले विक्रीमा राखिएको काजुमा १ सय ११ प्रतिशत भन्दा बढी मुनाफा राखि विक्री गर्ने गरेको भेटियो ।’ खरिद गरेको भन्दा दोब्बर बढी मुल्य राखेर उपभोक्तालाई काजु विक्री गरेको भेटिएपछि उपभोक्ता संरक्षण ऐन अनुसार सेन्टर बजारलाई कारवाहीको दायरमा ल्याएको उनले बताए । कार्यालय प्रमुख पोखरेलका अनुसार सेन्टर बजारलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३९ (१) ख बमोजिक २ लाख रुपैयाँ जरिवना गरिएको जानकारी दिए ।
सेन्टर बजारसहितको सेन्टर मलका संचालक तथा मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडासहितका टिमले संचालनमा ल्याएको हो । सेन्टर बजारले छुटसहितको बम्बर योजनामा पनि उपभोक्तलाई झुक्याएर ठगी गरेको बताएका छन् । ‘एउटामा छुट भन्दै आकर्षक प्रचार गर्दछन्, ‘एक जना उपभोक्ताले भने, ‘अर्को खाद्यबस्तुमा यसरी ठगी गर्दो रहेछ ।’