AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा आज ५ सय २७ जना कोरोना संक्रमित डिस्चार्ज हुँदा थपिए ४ सय ९८ संक्रमित थपिए, संक्रमितको संख्या २१ हजार ६ सय १५ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२२ कार्तिक २०७७, शनिबार १७:५४
450
Shares
विराटनगर / प्रदेश १ मा आज ५ सय २७ जना डिस्चार्ज हुँदा ४ सय ९८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । होमआईसोलेसनबाट ५ सय २४ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेको संख्या १३ हजार ५ सय ६७ पुगेको छ ।

थर्पिका ४ सय ९८ संक्रमित मध्ये मोरङमा २ सय २, सुनसरीमा १ सय ३८, झापामा ९२, खोटाङ र उदयपुरमा १६–१६, इलाममा ८, धनकुटामा ३, पाँचथर, सोलुखुम्वु, संखुवासभा र ते¥हथुममा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २१ हजार ६ सय १५ पुगेको छ ।

मन्त्रालयका अनुसार विराटनगरमा १ सय १७ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ४६ महिला र ७१ पुरुष छन् । मोरङको सुन्दरहरैचा र बुढीगंगामा १३–१३, बेलबारीमा १२, पथरीशनिश्चरेमा ११, रंगेलीमा ६, उर्लाबारी र कटहरीमा ४–४, सुनबर्षी, रतुवामाई, कानेपोखरी र ग्रामथानमा ३–३, मिक्लाजुङमा २, केराबारी, लेटाङ र जहदामा १–१, र स्थानीय तह नखुलेका ५ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

सुनसरीको इटहरीमा ६३, धरानमा ४२, इनरुवामा १०, दुहवीमा ७, बराहक्षेत्रमा ३, गढी, बर्जु, रामधुनी र देवानगञ्जमा २–२, भोक्राहानरसिंह र कोशी गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

उता झापाको दमकमा २८, विर्तामोडमा २०, भद्रपुर र कमल गाउँपालिकामा ८–८, कनकाईमा ७, मेचीनगरमा ४, गौरादहमा ३, शिवसताक्षी र बुद्धशान्तिमा २–२, अर्जुनधारा र बा¥हदशीमा १–१ र स्थानीय तह नखुलेका ८, खोटाङको दिप्रङ चुईचुम्मा १२, बराहपोखरी, दिक्तेल रुपाकोट मझुवागढी, जन्तेढुङ्गा र स्थानीय तह नखुलेका १–१, उदयपुरको त्रियुगामा ११, कटारीमा ३ र स्थानीय तह नखुलेका २, इलामको इलाम नगरपालिकामा ४, सुर्योदय, माईजोगमाई, देउमाई र रोङमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा २ र महालक्ष्मीमा १, पाँचथरमा २, सोलुखुम्वुको सोलुदुधकुण्डमा २, संखुवासभाको मादी र खाँदबारीमा १–१, ते¥हथुमको म्याङलुङ र आठराईमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका १४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा आज २ हजार ६ सय ७५ जनाको पीसीआर परीषण गरिएको छ । परीक्षण गरिएका मध्ये १ सय ९८ महिला र ३ सय पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६९ हजार ९ सय ९५ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर