AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी ११ बर्ष पछी पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ कार्तिक २०७७, मंगलवार १८:२९
423
Shares
सुनसरी / जिल्ला प्रहरी कार्यालय सुनसरीले कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादीलाई ११ बर्ष पछी पक्राउ गरेको छ ।

२०६६ साल मंसिर २२ गते आफ्नै ३ महिनाकी छोरी दिलसाह मियाँको घाँटी थिची हत्या गरि फरार सुनसरीको साविक नरसिंह गाउँ विकास समिति–४ का ५१ बर्षीय बुनिया भनिने करिम मियाँलाई सुनसरी प्रहरीले हिजो पक्राउ गरेको हो ।

माईतीघरमा नै बस्दै आएकी कान्छी श्रीमतीलाई लिन भनी ससुराल गएका करिमले बाटोमा फर्कने क्रममा श्रीमतीसंग बादबिबाद भए संगै आमा छोरीलाई नै कुटपीट गर्नुका साथै घाँटी थिचेर बेहोस अवस्थामा केरावारीमा फालिदिएका थिए । केही समय पश्चात श्रीमती अजिरन खातुन होशमा आएको तथा नावालक छोरीको मृत्यु भएको भनी निजले नै मंसिर २३ गते जिल्ला प्रहरी कार्यालय सुनसरीमा जाहेरी दर्ता गरेकी थिईन् ।

पक्राउ परेका करिमविरुद्ध थप अनुसन्धान तथा आवश्यक कानूनी प्रकृया शुरु गरिएको सुनसरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर