AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रहस्यमय बन्दै सिताको हत्या

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ कार्तिक २०७७, सोमबार १८:५७
972
Shares
विराटनगर / सुनसरीको बर्जु गाउँपालिका – ५ बेलहाकी एक जना सुष्त मनस्थिति भएकी महिलाको हत्या रहस्यमय बन्दै गएको छ ।

३० वर्षिय सीताकुमारी चौधरीको शव मृत अवस्थामा माइती घरदेखि करिब १ सय मिटर उत्तर बर्जु ५ ग्रामथान मन्दिरको चौरमा कार्तिक ९ गते भेटिएको थियो । उनको अनुहारमा गरिहो चोटपटक र रगत लत्पतिएको अवस्थामा शव फेला परेकोले हत्या गरि फालेको हुनसक्ने यहाँका स्थानियले आशंका गरेका छन् ।

सीता केही दिनयतादेखि माइतीघरमा बस्दै आएकी थिइन् । उनको घर पनि बुर्जु गाउँपालिका ५ नम्बर वडामा नै पर्दछ । सुष्त मनस्थिती सीता कार्तिक ८ गते साँझदेखि घरदेखि हराएको बावु कुसेश्वर चौधरीले बताए । ं राती अबेरसम्म खोज्दा पनि कतै पनि छोरीलाइ नभेटेको र भोलीपल्ट विहान मृत अवस्थामा छोरीको शव भेटिएको उनले बताए । कुसेश्वरको तीन छोरा र एक जना मात्र छोरी हुन् । पाँच वर्ष अगाडी सीताको बर्जु गाउँपालिकाको संजित चौधरीसँग बिवाह भएको थियो । विवाह भएपछि सीताको मानसिक सन्तुलन गुमेको माइती पक्षको भनाई छ । सीताको ४ वर्ष र १ महिनाको छोरी रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर