पूर्वाञ्चल खबर
मोरङमा १ सय ८३, झापामा ६९, सुनसरीमा ५३, उदयपुरमा १५, धनकुटामा ५, इलाममा ४, ओखलढुङ्गा, संखुवासभा, ते¥हथुम र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २४ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार विराटनगरमा १ सय २३ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५३ महिला र ७० पुरुष छन् । मोरङको उर्लाबारीमा १६, पथरीशनिश्चरेमा ११, सुन्दरहरैचामा ९, बेलबारीमा ८, बुढीगंगा र कटहरीमा ३–३, धनपालथान, ग्रामथान र रंगेलीमा २/२, कानेपोखरी, मिक्लाजुङ, सुनबर्षी र केराबारीमा १/१ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
उता झापाको दमकमा ३७, कमलगाउँपालिकामा १०, विर्तामोड र गौरादहमा ४/४, कनकाई, शिवसताक्षी, मेचीनगरमा २/२, भद्रपुर, बुद्धशान्ति, बा¥हदशी र अर्जुनधारामा १/१ स्थानीय तह नखुलेका ४, सुनसरीको इटहरीमा २८, इनरुवामा १०, धरानमा ६, रामधुनीमा ३, कोशी गाउँपालिकामा २, बराहक्षेत्र, बर्जु, देवानगञ्ज र दुहवीमा १–१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै उदयपुरको त्रियुगामा ५, चौदण्डीगढीमा ४, कटारीमा ५ र बेलकामा १, धनकुटाको धनकुटा नगरपालिकामा ४ र महालक्ष्मीमा १, इलामको चुलाचुलीमा ३ र रोङमा १, ओखलढुङ्गाको सुनकोशी, संखुवासभाको मादी, ते¥हथुमको आठराई र भोजपुरमा १/१ र प्रदेश १ बाहिरका २४ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।
प्रदेश १ मा आज २ सय ४७ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय ९७, होटल एशियाटिक आईसोलेसनबाट २५, जिल्ला अस्पताल धनकुटाबाट १०, कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रबाट ९, झोराहाट प्राथमिक स्वास्थ्य केन्द्रबाट ५, विराट मेडिकल कलेजबाट १ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या ११ हजार ९८ पुगेको छ ।
प्रदेश १ मा आज १ हजार ३९१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १३६ महिला र २ सय २१ पुरुषको रिपोर्ट पोजेटिभ आएको हो । हालसम्म १ लाख ६१ हजार १४२ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।