AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विप्लव समुहका पूर्वी कमाण्डर सहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ कार्तिक २०७७, बिहीबार १९:२९
1.15k
Shares
विराटनगर / हातहतियार खरखजना र बिष्फोटक पदार्थ सहित नेत्रविक्रम चन्द (विप्लव) नेकपाका पूर्वी कमाण्डर चौथो कम्पनी कमिसारसहित दुई जना पक्राउ परेका छन् ।

सप्तरीको सुरुङ्गा नगरपालिका २ का ३२ वर्षीय काशिनाथ घिमिरे (प्रतिक) र ईलामको चुलाचुली गाउँपालिका ६ बस्ने १८ वर्षीय विज्ञान राई (सनम) लाई मोरङ प्रहरीका प्रमुख एसपी सन्तोष खड्काको नेतृत्वको टोलीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार घिमिरे नेकपाको पूर्वी कमाण्ड मेची–कोशी ब्यूरो चौथो कम्पनीका कमिसार हुन् । उनीहरुलाई बुधबार मोरङको मिक्लाजुङ गाउँपालिका वडा नं. १ घुर्मिसेस्थित विजुलीप्रसाद तिम्सिनाको खाली घरमा बसेको अवस्थामा नियन्त्रणमा लिइएको मोरङ प्रहरीका नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए ।

घिमिरे सप्तरी जिल्लाका पूर्वसेक्रेटरी पनि हुन् । यसैगरी राई पार्टीको साधारण सदस्य रहेको र उनीहरुमाथी थप अनुसन्धान कार्य भइरहेको डिएसपी राईले जानकारी दिए ।

उनीहरूमाथि हातहतियार खरखजनासहित मिक्लाजुङका स्थानिय मानिसहरुसँग चन्दा अशुल उपरको आरोप पनि लागेको छ । प्रहरीले उनीहरूको साथबाट हातहतियार खरखजना, बिष्फोटक पदार्थ, विप्लव समुहको दस्तावेज र वन्दोवस्तीका सामानहरु समेत फेला पारेको प्रहरीले जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट भरुवा बन्दुक १ थान, बन्दुकमा प्रयोग हुने फलामको टुक्रा १ बट्टा, हाई एक्सप्लोसिप बिष्फोटक पदार्थ (जिलेटिन) २ प्याकेटमा ३ केजीको, सुतली बम २ थान, १ थान सकेट बम, टुकी बम १ थान, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान नन ईलेक्ट्रिक डेटोनेटर, ६ थान लाईटर, १२ भोल्टको ब्याट्री, एक्सप्लोसिप गन पाउण्डर र बारुद्धसमेत ४ बट्टा बरामद भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर