AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

भेट्टाएको सुनको गहना घिमिरेले फिर्ता गरे

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ कार्तिक २०७७, शुक्रबार १८:२७
3.92k
Shares
विराटनगर / वर्तमान अवस्थामा समाजमा इमान्दारिता रहेको छ भन्ने उदाहरण विराटनगरका एक स्वास्थ्यकर्मीले देखाएका छन् ।

विराटनगर–११ निवासी स्वास्थ्यकर्मी डिल्लीप्रसाद घिमिरेले जनपथ टोलमा रहेको आफ्नो स्वास्थ्य क्लिनका अगाडि फेला पारेको एक तोला सुनको गहना सम्वन्धित धनीलाई आज जनप्रतिप्रतिनिधिको रोहबरमा फिर्ता दिएका छन् ।

सुनसरीको हरिनगरा गाउँपालिक–४ का राजकुमार सोनारले विराटनगर–९ ठाकुरबारी रोडमा रहेको सिद्धि विनायक ज्वलर्समा एक लाख सात हजार मूल्य बरावरको सुनको गहना मंगलसुत्र र झुम्का खरीद गरी गोजीमा राखेकोमा मोटरसाइकलबाट घर जादै गरेको अवस्थामा खल्तिको डिव्वामा राखेको गहना घिमिरेको पसल अगाडि झरेको थियो ।

घिमिरेले उक्त सुनको गहना भेटी सामाजिक सञ्जालमा सामान फेला पारेको सुचना जारी गरी डिव्वामा उल्लेख गरेको पसलमा गै जानकारी दिएका थिए । उक्त सुनको गहना वडा नं ११ का अध्यक्ष तीर्थेन्द्र न्यौपाने र प्रहरीको रोहबरमा सम्वन्धित धनी सोनारलाई हस्तान्तरण गरियो ।

गहना धनी सुनारले खुशीसाथ घिमिरेलाई प्रदान गरेको ११ हजार नगद वडामा निर्माण गरिन लागेको जेष्ठ नागरिक आश्रमका सहयोग गर्न अध्यक्ष न्यौपानेलाई प्रदान गरे ।

गहना धनी सोनार आफूले हराएको सामान प्राप्त गर्ने आशा मारेकोमा घिमिरे जस्तो इमान्दार व्यक्ति समाजमा रहेकोले फिर्ता पाएको बताए । घिमिरेले आफूले मेहनत गरी परिवार सुखका पाल्न सकेको र अन्य कसैको धनसम्पत्तिमा कहिले पनि लोभलालच नभएकोले फिर्ता गरेको बताए । अध्यक्ष न्यौपानेले घिमिरेको इमान्दारीप्रति आफूलाई गर्व लगेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर