AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ को नेपाल स्काउट प्रमुखमा खनाल नियुक्त

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ कार्तिक २०७७, शुक्रबार १०:२३
1.12k
Shares
विराटनगर / नेपाल स्काउटले सबै प्रदेशका तदर्थ समिति निर्माण गरेको छ । स्काउटले निर्माण गरेको प्रदेश १ को तदर्थ समितिको संयोजकमा रवि खनाल चयन भएका छन् ।

खनालको नेतृत्वमा प्रदेश १ को तदर्थ समितिमा अरुण बस्नेत, बबिता कटुवाल, हेमन्त भण्डारी, भवानी खनाल (भाष्कर), मुनु पोखरेल, नारद राई, टिकाराम धमला, केशी म्याङ्ग्मो, हर्कबहादुर राई, केसी श्रेष्ठ, रामप्रसाद पौडेल र सुमन ल्यागुन सदस्य भएका छन् ।

यस्तै प्रदेश तदर्थ समितिको सल्लाहकारमा शिवकुमार पौडेल, सकुन्तला सुब्बा, दुर्गा विष्ट, प्रदिपकुमार विश्वास, तेजकुमार श्रेष्ठ, भेषराज पोखरेल र इन्द्र न्यौपानेलाई चयन गरिएको छ ।

स्काउटको विगत ९ वर्षदेखि नेपाल स्काउटको आवधिक निर्वाचन भएको छैन । यही अवस्थालाई मध्यनजर गर्दै स्काउट समितिहरू क्रियाशिल बनाउनुपर्ने भएकोले नयाँ संविधान अनुकूल संगठन संरचना बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा विचाराधिन छ । उक्त प्रस्ताव पारित हुनु अगाडि स्काउटले शैक्षिक, सामाजिक तथा सांगठनिक गतिविधिहरूलाई प्रदेशस्तरमा विस्तार गरी स्काउटको लक्ष्य र निणर्यहरु कार्यान्वयन गर्नका लागि प्रदेश स्काउट तदर्थ समितिहरु गठन गरिएको स्काउटका निर्देशक रामप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘प्रस्तावित विधेयक कानुन नबनेसम्मको अवधिका लागि प्रदेशमा नियमित स्काउटीड्ड गतिबवधि संचालन गर्न गराउन र प्रदेश अन्तर्गतका स्थानीय तहहरुमा स्काउटका समितिहरु व्यवस्था गर्न, मिति २०७७ असार २९ गते बसेको नेपाल स्काउट राष्ट्रिय तदर्थ समितिको बैठकमा भएको छलफल तथा निर्णय अनुसार प्रदेशहरुमा देहाय बमोजिमको तदर्थ समिति गठन भएको छ,’ भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

साथै स्काउटले २०६८ साल यता बनेका सम्पूर्ण क्षेत्रीय परिषद्, कार्य समितिहरु, जिल्ला परिषद्, जिल्ला कार्य समितिहरु खारेज गरेको छ । स्काउटले खारेज भएका समितिहरुले भोगचलन गरिरहेका सम्पूर्ण चलअचल सम्पत्तिहरु स्वतः सम्बन्धित प्रदेश स्काउटको मातहतमा जाने निर्णय पनि गरेको छ ।

स्काउटले हाललाई प्रदेश स्काउट तदर्थ समितिहरुको सचिवालयको रुपमा कार्य गर्ने गरी सम्बन्धित प्रदेशको राजधानी रहेकै स्थानमा प्रदेश स्काउटको अस्थायी कार्यालय संचालन हुने पनि जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर