AArya
RUMPUM
animated ellipse animated ellipse

राप्रापाको मोरङ समिति समायोजन, अध्यक्षमा डाक्टर अधिकारी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ कार्तिक २०७७, आईतवार २०:०८
1.8k
Shares
विराटनगर / राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) एकीकृत भएपछि बनेको राप्रपा मोरङको जिल्ला कार्य समिति समायोजन भएको छ ।

राप्रपा मोरङको जिल्ला पार्टी समायोजन बैठकले डाक्टर दुर्गाबहादुर अधिकारीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सहअध्यक्षद्वय माधवप्रसाद आचार्य र दुर्गा कार्की, उपाध्यक्ष कर्णबहादुर थापा तथा सचिवमा चन्देश्वर शर्मा चयन भएका छन् ।

विराटनगरमा भएको समायोजनको बैठकले जिल्ला, क्षेत्र, नगर तथा गाउँ समिति सबै तहका कार्य समितिका पदाधिकारी सदस्यहरू यथावत कायम रहने सर्वसम्मत निर्णय गरिएको अध्यक्ष डा.अधिकारीले जानकारी दिए । राप्रपा केन्द्रीय कार्य सम्पादन समिति सदस्य प्रह्लादप्रसाद साहको प्रमुख आतिथ्यमा भएको समायोजना कार्यक्रममा केन्द्रीय सदस्य, राजेन्द्रकुमार बस्नेत, विश्वमोहन थापा, नरेशकुमार राई, उद्धवचन्द्र घिमिरे, आरती गेलाल र प्रतीक शर्माले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर