AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ मा थप दूई जना कोरोना संक्रमित पुरुषको मृत्यु, मृतकको संख्या १ सय ३३ पुग्यो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२ कार्तिक २०७७, आईतवार १०:२०
846
Shares
विराटनगर / प्रदेश १ मा दूई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मोरङ र सुनसरीमा १–१ जनाको मृत्यु भएको हो । योसँगै प्रदेशमा मृत्यु हुनेको संख्या १ सय ३३ जना पुगेको छ ।

विराटनगर महानगरपालिका–१२ का कोरोना संक्रमित ५५ वर्षीय पुरुषको उपचारका क्रममा विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा शनिबार राति १०ः५५ बजेतिर मृत्यु भएको छ । उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतका अनुसार पीसीआर परीक्षण गराउँदा असोज १३ गते रिपोर्ट पोजेटिभ आएका पुरुषलाई त्यहीदिन उपचारका लागि कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

उपचारका लागि भर्ना भएको १८ दिनपछि अस्पतालकै आइसोलेसनमा संक्रमितको मृत्यु भएको बस्नेतले बताए । मृतकमा मधुमेहको पुरानै समस्या रहेको उनको भनाइ छ ।

त्यस्तै सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिका –९ का ७९ वर्षीय वृद्धको आज बिहान ३ः०५ बजेतिर मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार मृतकमा मुटु सम्बन्धी पुरानै समस्या थियो । असोज २६ गते पिसिआर रिपोर्ट पोजेटिभ आएपछि उनलाई २७ गते प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर