AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा ठूलो संख्यामा बेसहाराहरुको उद्दार, उद्दारमा विराटनगर महानगर सक्रिय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ आश्विन २०७७, बिहीबार १९:०५
1.04k
Shares
विराटनगर / विराटनगरमा सडकमा बेसहारा बनेर कठिन जीवनयापन गरिरहेकाहरुको ठूलो संख्यामा उद्दार गरिएको छ ।

आज विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगर ९ स्थित गुद्री आसपास क्षेत्रमा बस्दै आएका १२ जनाको उद्दार गरेका हुन् । सडकमै दिसा पिसाब गर्ने र जथाभावी बोल्ने गरेका कारण ती व्यक्तिहरु असुरक्षित समेत बनेका थिए ।

विराटनरका सडकलाई बेसहारा मानवमुक्त बनाउने अभियान अनुरुप सडकपेटीमा बस्दै आएकाहरुको उद्दारमा महानगर लागिरहेको छ । आज उद्दार गरिएकाहरुलाई विराटनगर १० मा रहेको मानव सेवा आश्रममा लगिएको छ । यसभन्दा अगाडी विराटनगर महानगरले २० जनाको उद्दार गरिसकेको छ । आज एकै पटक ठूलो समूहमा सडक पेटीमा बस्दै आएकाहरुको उद्दार गरेको हो ।

लागुऔषध प्रयोगकर्ता र घरबार विहिन भएर बेसहारा जीवन बिताइरहेकाहरुको पहिचान सहित बस्ने स्थान समेत छनौट गरिएको छ । लागुऔषध दुव्र्यसनीमा फसेर सडकमै आएकाहरुलाई सुधार गृहमा लगिएको छ । आज उद्दार गरिएका २ जनालाई विराटनगर ३ मा रहेको लिवर्टी नेपालमा लगिएको बताइएको छ ।

उद्दारका क्रममा भेटिएका मेयर पराजुलीले बेसहारा मानिसहरुको अवस्था पहिचान गरी बस्ने स्थानको समेत व्यवस्था गरिएको बताए । उनले यो अभियानलाई थप व्यवस्थित गर्दै निरन्तरता दिने बताए । महानगरले बेसहारा मानिसहरुको व्यवस्थापनका लागि मानवसेवा आश्रमसंग सहकार्य गरी प्रत्येक वर्ष २५ लाख दिने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर