AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रेमडेसिभिर इन्जेक्सन सहज उपलब्ध गराउन औषधी व्यवसायीको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ आश्विन २०७७, बुधबार १६:५७
801
Shares
विराटनगर / नेपालमा कोरोना संक्रमितको उपचारमा ‘रेमडेसिभिर इन्जेक्सनको’ प्रयोग हुनथालेपछि कालोबजारी हुने गरेकोले बिकृती नियन्त्रण गरि राज्यले सहज रूपमा रेमडेसिभिर उपलब्ध गराउनुपर्ने औषधी व्यवसायीहरूले माग राखेका छन् । नेपाल औषधी व्यवसायी महासंघ मोरङ शाखाले यस्तो माग राखेका हुन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेलाई आज यहाँका औषधी व्यवसायीहरूले भेटेर रेमडेसिभिर इन्जेक्सन सहज रूपमा उपलब्ध गराउन माग राख्दै ज्ञापन पत्र बुझाए । उनीहरूले नेपाल औषधी व्यवस्था विभाग विराटनगर र जिल्ला प्रशासन कार्यालय मोरङमा पनि ज्ञापन पत्र बुझाएका छन् । संघका अध्यक्ष लक्ष्मी तिम्सिना, उपाध्यक्ष देशबन्धु ढकाल र महासचिव दिनेश ठाकुरले संयुक्त रूपमा ज्ञापन पत्र बुझाएका थिए ।

संक्रमितको उपचारमा प्रयोग गर्न थालिएसँगै रेमडेसिभिर इन्जेक्सनको कालोबजारी सुरु हुन थालेको छ । भारतमा प्रतिभाइल ४ हजार ५ सय (७ हजार २ सय नेपाली रुपैयाँ) मा पाइने यो इन्जेक्सन नेपालमा ५० देखि ६० हजार रुपैयाँसम्ममा खरिद बिक्री हुन थालेको छ । राज्यले रेमडेसिभिर इन्जेक्सन सहज उपलब्ध नगराउँदा अहिले महंगोलमा विरामीका आफन्तले खरिद गर्न बाध्य हुनुपरेको नेपाल औषधी व्यवसायी महासंघ मोरङका उपाध्यक्ष तथा प्रवक्ता देशबन्धु ढकालले बताए । ‘महामारीका बेला पैसाको मुख कसले हेर्छ ?’ उनले भने, ‘यस्तो बेला पनि स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा यो हदसम्म कालोबजारी ठीक हैन, पैसा हुनेले पो तिर्न सकें, पैसा नहुनेले चाहिँ यति महँगोमा औषधि कसरी खरिद गर्न सक्छन ? ।’ कालोबजारी रोक्न सहज रूपमा रेमडेसिभिर इन्जेक्सन उपलब्ध गराउनुपर्ने उनको भनाई छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर