खबर पूर्वाञ्चल
विराटनगरमा आयोजित कार्यक्रममा नवलपरासीकी साहित्यकार भगवती पाण्डेलाई नगद ११ हजार ६ सय ६६ रुपैयाँसहित सम्मान गरेको हो । संगमले हरेक वर्ष साहित्यकारलाई सम्मान गर्दै आएको छ । यसैलाई निरन्तरता दिदै यस वर्ष यमुनादेवी–वैजनाथ भट्टराई स्मृति विराट साहित्य संगम पुरस्कारबाट पाण्डेलाई सम्मान गरिएको हो । पाण्डेलाई दोसल्ला ओढाएर सम्मानपत्रका साथ नगद प्रदान गरिएको थियो ।

संग्रहमा २१ वटा कथाहरू समेटिएका छन् । विमोचित कृतिका विषयमा हरि कट्टेल र ममता श्रेष्ठले समीक्षा गर्नुभएको थियो । कार्यक्रममा साहित्यकार मधु पोखरेल, रामबाबु दाहाल, राष्ट्र सेवक सहकारी संस्थाका अध्यक्ष जीवन काफ्लेलगायतले शुभकामना मन्तव्य व्यक्त गरेको संगमका सचिव गोपाल निर्भिकले जानकारी गराए ।