AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ आश्विन २०७७, आईतवार १७:३३
405
Shares
झापा / झापाको मेचीनगर नगरपालिका ७ मेचीखोला बगरबाट लागुऔषध खैरोहिरोईन ब्राउनसुगर सहित दुई जना पक्राउ परेका छन ।

पक्राउ पर्नेमा सोही स्थानका १८ बर्षीय राज सुवेदी शर्मा र मेचीनगर–८ का २० बर्षीय सौगात राई रहेका छन । विशेष सुराकका आधारमा लागुऔषध व्युरो काकड्भिट्टाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई आज क्राउ गरेको हो ।

पक्राउ परेसंगै उनीहरुमाथी चेकजाँच गर्ने क्रममा ४ ग्राम खैरोहिरोईन ब्राउनसुगर फेला पारी बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । पक्राउ परेका दुवै जना उपर ईलाका प्रहरी कार्यालय काकड्भिट्टाबाट कानुनी कारबाही अगाडी बढाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर