AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कोरोना संक्रमित दुई पुरुषको वीपीमा मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ आश्विन २०७७, शुक्रबार १२:०९
648
Shares
धरान / दुई जना कोरोना संक्रमितको सुनसरीको धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा मृत्यु भएको छ ।

कोभिड अस्पतालमा उपचाररत इटहरी–६ का ६८ वर्षीय पुरुष र दुहबी नगरपालिकाका ५२ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो ।

इटहरीका संक्रमितलाई ज्वरो–खोकीसँगै श्वासप्रश्वासमा कठिनाइ भएपछि असोज २२ गते अस्पतालमा भर्ना गरिएको थियो । असोज २० गते संक्रमण पुष्टि भएका उनमा कुनै दीर्घरोग नदेखिएको प्रतिष्ठानका सहप्रवक्ता डा .आशिष श्रेष्ठ जानकारी दिए ।

असोज १२ गते भर्ना भएका दुहबीका संक्रमित पुरुष भने लामो समयदेखि मृगौला रोगले पीडित रहेको अस्पतालले जनाएको छ । उनलाई सोही दिन कोरोना पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर