AArya
RUMPUM
animated ellipse animated ellipse

गायक सुमित खड्का दशैं गीत सार्वजनिक(भिडियोसहित)

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ आश्विन २०७७, बुधबार १९:२७
1.17k
Shares
विराटनगर / राष्ट्रिय गायकको छविन बनाएका सुमित खड्काले नेपालीहरूको महान् पर्व बडा दशैं लक्षित गरी दशैं गीत सार्वजनिक गरेका छन् । खड्काले ‘आयो दशैं’ गीत सार्वजनिक गरेका हुन् ।

विराटनगरका घर भएका खड्काले प्रत्येक वर्ष दशैं गीत बजारमा ल्याउँदै आएका छन् । यस वर्षको दशैंलाई लक्षित गरि सार्वजनिक गरेको गीतकोे संगीत र स्वर खड्का आफैको रहेको छ भने नवराज सुब्बाको शब्द रहेको छ । गीतको मिक्सिङ तथा रेकर्डिङ पनि नवराज सुब्बाले नै गरेका छन् ।

शेषु इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो । यसको भिडियोमा आयुष घले मगर ,नुरज ठकुरी (प्रवेश) राम ग्याबा लामा ,रोनित त्यवाना (रक्की) सिद्धार्थ रिमाल ,सपना घले मगरलगायतले अभिनय गरेका छन् ।

गीतमा मेकअपमा रिना लिम्बु, ड्रोनमा रोनिस र क्यामेरामा सन्देश शर्माले साथ दिएका छन् । भिडियोमा सम्पादन तथा निर्देशन आयुष घले मगरले गरेका हुन् ।

https://www.youtube.com/watch?v=HVPk1ciRHeQ&feature=emb_logo

https://www.youtube.com/watch?

https://www.youtube.com/watch?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर