खबर पूर्वाञ्चल
नेपाल पत्रकार महासंघ प्रदेश १ को नवनिर्मत भवनको उद्घाटन कार्यक्रममा उक्त पुस्तक विमोचन गरिएको हो ।
३० वर्षदेखि पत्रकारिता गर्दै आएका प्रदेश १ का १४ जिल्लामा रहेका अग्रज पत्रकारहरूको अनुभव चिनारी समेटेको पुस्तक प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मतकुमार कार्की, विराटनगर महानगरपालिका प्रमुख भीम पराजुली र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोविन्द आचार्यले संयुक्त रूपमा विमोचन गरे ।
पुस्तकमा प्रदेश भरीका अग्रज ३४ जना पत्रकारहरूको अनुभव र चिनारी समावेश गरिएको छ । ‘मेरो पत्रकारीता’ नामक पुस्तकमा ऋतुवर्ण पराजुली, केशव आचार्य, कौशल चेम्जोङ, कृष्ण अधिकारी, कृष्ण आचार्य, कृष्णविनोद लम्साल, गञ्जबहादुर दाहाला, गिरिराज आचार्य, गोपाल देवान, गोविन्द गुलाफ, गोबिन्दचन्द छेत्री, चन्द्र भण्डारी, धर्म गौतम, धिरेन चेम्जोङ, नकुल काजी, नेत्र पाठक, प्रेम ओझा, भवानी बराल, माधव विद्रोही, मोहन भण्डारी, यज्ञ शर्माको अनुभव र चिनारी समावेश गरिएको छ । यसैगरि राजकुमार कार्की, राजबावु शंकर, लक्ष्मण ढकाल, लक्ष्मी लुईटेल, लीला बराल, लेखनाथ परदेशी, लोकराज ढकाल, श्यामविक्रम पराजुली, शिवबहादुर कार्की, सञ्जय सन्तोषी राई र हर्ष सुब्बाको मेरो पत्रकारी नामक पुस्तकमा पत्रकारीता गर्दाको अनुभव समेटीएको छ ।
सोही अवसरमा अग्रज पत्रकारहरूलाई पुस्तक र खादा ओढाएर प्रदेश १ का मुख्यमन्त्री राई र नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष आचार्यले सम्मान गरेका थिए ।