खबर पूर्वाञ्चल
धरान उपमहानगरपालिका–१५ का ५५ वर्षीय पुरुषको आज बिहान ६ः४५ बजे मृत्यु भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. आशिष श्रेष्ठले जानकारी दिए ।
उपचारका लागि बीपीमै भर्ना गरिएका पुरुषमा स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा गत शुक्रबार कोरोनो संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनलाई बीपीकै आइसोलेसनमा भर्ना गरेर उपचार थालिएको थियो ।
मृतकमा मृगौला र उच्च रक्ताचाप सम्बन्धी पुरोनै समस्या रहेको प्रतिष्ठानले जनाएको छ ।