AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

स्काउटद्वारा विराटनगरमा निःशुल्क मास्क वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१८ आश्विन २०७७, आईतवार २०:०३
405
Shares
विराटनगर / नेपाल स्काउट प्रदेश १ का स्काउटरहरुले विराटनगरमा निःशुल्क मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका छन् ।

पछिल्लो समय बढदै गएको कोरोना संक्रमणको दर न्युनीकरण गर्न स्काउटरहरुले आजदेखि मास्क तथा जनचेतनामुलक पम्पलेट वितरण सुरु गरेका हुन् । आज जनचेतनामुलक कार्यक्रमको पहिलो दिन विराटनगरस्थित वडा प्रहरी कार्यालय ‘क’ देखि ट्राफिक चौकसम्मको क्षेत्रमा मास्क नलगाएका सर्वसाधारण तथा व्यापारी व्यावसायीहरुलाई निःशूल्क मास्क तथा पम्पलेट वितरण गरिएको छ ।

चाडबाड नजिकिँदै गएका कारण बजार क्षेत्रमा भीडभाड बढन थालेपनि आम नागरिक अझै सचेत नभएकाले केन्द्रको सर्कुलर बमोजिम सचेतनामुलक अभियानको थालनी गरिएको स्काउट मास्टर रवि खनालले जानकारी दिए । उनका अनुसार नेपाल स्काउटको केन्द्रीय कार्यालयले गरेको निर्णय बमोजिम प्रदेश १ को प्रत्येक शहरमा उक्त अभियान विस्तार गरिनेछ ।

प्रदेश १ का स्काउटरहरुले अभियानको पहिलो दिन आज १ हजार मास्क तथा सचेतनामुलक पम्पलेट वितरण गरेका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर