AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङ कारागार भित्रै आइसोलेशन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ आश्विन २०७७, बिहीबार २०:५२
324
Shares
विराटनगर / मोरङ कारागारमा कैद भुक्तान र पुर्पक्षको लागि थुनामा बसेका कैदीबन्दीमा कोरोना संक्रमण देखिन थालेपछि कारागार भित्र आइसोलेशन बनाउन सुरू भएको छ ।

बुधबार मृत्यु भएको बन्दी र यस अघि एक जना कैदीमा संक्रमण देखिएपछि कारागार भित्र आइसोलेशन बनाउन सुरू गरिएको मोरङ कारगारका जेलर सुवास लामिछानेले जानकारी दिए ।

उनका अनुसार असोज १२ मा कैद भुक्तान गर्दै आएका एक जना कोरोना संक्रमण पुष्टि भएको जानकारी दिए । कोशी अस्पतालको ल्याबमा असोज ११ मा गराएको परीक्षणमा जवरजस्ती करणाी मुद्दामा कैद भुक्तान गर्दै आएका कैदीमा संक्रमण पुष्टि भएको थियो । संक्रमित ति बन्दीलाई कोशीको आइसोलेनमा राखेर उपचार भइरहेको छ । ‘कारागार भित्रका कैदीबन्दीमा संक्रमण देखिन थालेपछि उनीहरूको बस्ने कोठाका अन्यको स्वाब संकलन गरिने तयारी भएको छ,’ जेलेर लामिछानेले भने, ‘मोरङका प्रमुख जिल्ला अधिकारीसँग सल्लाह गरेर अहिले संक्रमण पुष्टि भएकाहरुको क्लोज केन्ट्रयाकमा रहेकाहरूमा प्रराम्भिक चरणमा परीक्षण गरिने तयारी छ ।’

संक्रमण देखिए कैदीबन्दीलाई कारागार भित्र आइसोलेट गरेर राखिने उनले बताए । कारागार भित्र टोपी, मुढा बनाउने कोठालाई आइसोलेशनको रुपमा प्रयोग गरिने तयारी भइसकेको उनले सुनाए । ‘तत्काल बाहिर आइसोलन बनाउन सकिने सम्झावना न्यून छ,’ उनले भने, ‘परीक्षण गर्दा संक्रमित देखिए यही बनाएको आइसोलनमा राखिन्छ । स्वास्थ्यमा समस्या आएका विरामीलाई हस्पिटल लानेछौं ।’

मोरङ कारागारमा ९ सय २२ जना कैदीबन्दी छन् । जसमध्ये ८१ जना महिला रहेको जेलर लामिछानेले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर